Logo
Logo

नामिबियाविरुद्ध नेदरल्यान्ड्सले पहिला फिल्डिङ गर्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेदरल्यान्ड्स आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने सम्भावना छ । नामिविया फाइनलमा पुग्न भने विशाल जित हात पार्नुपर्ने हुन्छ ।

नेदरल्यान्ड्सले नेपालसँग पछिल्लो खेलमा ६ विकेटले पराजित भएपछि टोलीमा एक परिवर्तन गरेको छ । काइल केलिनको स्थानमा ब्याटर विक्रमजित सिंहलाई आज मौका दिएको छ । नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ । नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्