Logo
Logo

हिरा लुटेर भाग्दै गरेका प्रहरी र पत्रकार पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० चैत । लुटपाट संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पालुङबाट पक्राउ गरेको छ । । पक्राउ परेकोहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए । ती समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजना रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरु लुटपाटकै उद्देश्यले पूर्व तयारीका साथ काठमाडौंबाट मकवानपुर पुगेका थिए । उनीहरुलाई हिरा लुटेर भाग्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए । कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भाग्दै गर्दा गाउँलेले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्