Logo
Logo

काठमाडौंमा भेटिए कोरोना भाइरसको संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० चैत । फ्रान्सबाट फर्किकी एक नेपाली विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । फ्रान्सबाट फर्किएकी ती युवतीमा भाइरस पोजेटिभ देखिएको उनले बताए । हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन् । यसअघि पनि एक जना नेपालीमा कोरोना भाइरस पोजिटिभ भेटिएको थियो । उनी ठीक भएर घर फर्किसकेका छन् ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आजैदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान र नाका बन्द गराएको छ । साथै, सोमबारबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्