Logo
Logo

टीआरसी पारित गर्न बिहानै कानुन समितिको बैठक बस्दै


819
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । बिहान ७ः ४५ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पारित गर्ने सरकारको तयारी छ ।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएका थिए । बालुवाटारमा नेताहरूबिच सहमतिको सङ्केत भए लगत्तै सोमबार बिहान ७ः४५ बजे समितिको बैठक बोलाइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आइतबार बिहान पनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछानेबिच टीआरसीबारे छलफल भएको थियो । तर आइतबारको कानुन न्याय तथा मानवअधिकार समितिमा विधेयक पारित नभएपछि साँझ पुनः प्रचण्ड, ओली र लामिछानेबिच बालुवाटारमा छलफल भएको हो ।

साँझ अध्यक्ष ओली महासचिव शंकर पोखरेल समेत लिएर बालुवाटार पुगेका थिए । त्यस्तै माओवादीका वर्षमान पुन पनि बालुवाटार छलफलमा सहभागी भएका थिए । केही भाषा मिलाएर आजको समिति बैठकले विधेयक पारित गर्ने एक नेताले बताए ।

टीआरसी विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरतमा सत्तारुढ माओवादी केन्द्र रहेको छ । सोही अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख दलहरूसँग सहमतिको प्रयास निरन्तर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्