काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
बैठक अहिले बालकोटमा बसिरहेको छ । बैठकमा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयलाई सचिवालय सदस्यहरूलाई जानकारी दिइने बताइएको छ ।















