Logo
Logo

एमाले सरकारमा सहभागी हुन सक्ने ओलीको संकेत


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जान सक्ने बताएका छन् । अध्यक्ष ओलीले आवश्यकता परे एमाले वर्तमान सरकारमा सहभागी हुन सक्ने पार्टीका सांसदहरुलाई बताएका हुन् ।

आइतबार संसद् भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको बताउँदै यस्तो बताएका हुन् । सत्ता गठबन्धनबीच खटपट भइरहेको बेला अध्यक्ष ओलीले वर्तमा सरकारमा जान सक्ने संकेत गरेका हुन् ।

अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणी गर्दै उनले भने, ‘अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ ।’

देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्शसमेत नगरेको उनको आरोप छ । अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको भन्दै उनले देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर २०४८ सालमै असफल भइसकेको सिद्धान्त फेरि लागु गर्न खोज्नु उपयुक्त नरहेको बताए ।

यसैबीच एमालेको सचिवालय बैठक अहिले बिहान ओली निवास बालकोटमा बसिरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्