Logo
Logo

रास्वपामा नयाँ समीकरण र सरकारमा जानेबारे निर्णय लिने अधिकार रविलाई


1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ समीकरणमा बन्ने सरकारमा जाने निर्णय गरेको हो ।

रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको पार्टी सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।

प्रतिक्रिया दिनुहोस्