Logo
Logo

कांग्रेसले बाेलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बस्ने बैठकमा बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको एजेण्डा भने तय भई नसकेको उनले बताए ।

यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्