Logo
Logo

कम्युनिष्ट एकता अपरिहार्य थियो : अग्नी सापकोटा


2.6k
Shares

काभ्रे । नेकपा ओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नी सापकोटाले गम्भीर समीक्षापछि पुनः कम्युनिष्ट पार्टीहरूको एकताको सुरुवात भएको बताएका छन् ।

सहिद सप्ताहको अन्तिम दिन सोमबार बनेपामा नेकपा माओवादी केन्द्र काभ्रेमा आवद्ध जन वर्गीय संगठनले आयोजना गरेको सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व विषमा भएको अन्तरक्रिया कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् ।

‘हामीले हिजो कम्युनिष्ट एकतालाई रक्षा गर्न सकेनौं । गम्भीर समीक्षापछि आज कम्युनिष्ट पार्टीहरूको सुरुवात गरेका छौँ,’ पूर्वसभामुख सापकोटाले भने, ‘त्यसकै सुरुवात स्वरुप नयाँ सरकार बनेको हो । अहिले सानो मन्त्रीमण्डल विस्तार हुनेछ ।’

सापकोटाले विचारमा सबैभन्दा शक्तिशाली मार्क्सवाद भएको बताए । अब नेपालमा वैचारिक पुर्नगठन,राजनीतिक पुर्नगठन,सांगाठनिक पुर्नगठन र सांस्कृतिक पुनर्गठन हुनुपर्ने पनि उनले बताए । पुजीवादको अन्त्य गर्नुपर्नेमा अग्नी सापकोटाले जोड दिए ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले,रास्वपा र जसपालगायत दलसँग मिलेर नयाँ गठबन्धन गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आज तीन सदस्यीय मन्त्रिपमण्डल पुनर्गठन गर्दैछन् । नयाँ मन्त्रीहरुले आजै शपथ लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्