Logo
Logo

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज मन्त्रीको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने भएको हो ।

बैठक पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिउँसो ४ बजे बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जानकारी दिए ।

जसपाले सोमबारै एमाले, माओवादी र रास्वपा सम्मिलित नयाँ गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । नयाँ समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एकएक जनालाई समेटेर चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्