Logo
Logo

विषम परिस्थितीमा प्रहरीका मुख्य कार्यालयहरु रिक्त, सरकारको वेवास्था


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत ।
शान्ति सुरक्षा र अपराध अनुसन्धान प्रहरीको मुख्य जिम्मेवारी हो । तर, यतीबेला शान्ति सुरक्षा र अपराध अनुसन्धानभन्दा ठूलो जिम्मेवारी प्रहरीमाथि छ ।
कोरोना संक्रमणको जोखिमका कारण प्रहरीलाई विदा समेत नदिई जनचेतनादेखि अन्य व्यवस्थापनका काममा समेत खटाइएको छ । संक्रमणको आंशका गरिएका व्यक्ति भेटिएमा अस्पताल लैजाने जिम्मेवारी समेत दिइएको छ । तर नीतिगत कुरा भने वेवास्था गरिएको छ ।


तीन डिआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएको २५ दिन भइसकेको छ । सरकारले अझै बढुवाको निर्णय गरेको छैन । आइतबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने आँकलन गरे पनि निर्णय हुन सकेन ।
जसकारण प्रहरीको कार्यविभाग र प्रशासन विभाग रिक्त छन् । पाँच प्रदेश निमित्तको भरमा लचेको छ ।
तारिणी लम्साल, शैलेश थापा क्षेत्री, हरि पाललाई एआईजी बढुवाको सिफारिस भएको थियो । उनीहरुलाई बढुवा गरेर पस्थापन हुन नसक्दा प्रहरी मुख्यालय अस्तव्यस्त छ । त्यस्तै प्रदेशमा पनि तत्कालिन डिआईजी बढुवा गरेर घटाउनुपर्ने अवस्था छ । उच्च पदमा सयौं पद रिक्त छन् बढुवाको दौडधुपका कारण पुलिसिङमा समस्या आएको छ ।
उता स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । तर, प्रहरीलाई भने अझै कुनै निर्णय भएको छैन । जबकी संक्रमित बिरामी अस्पताल लैजानेसम्मको जिम्मेवारी प्रहरीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्