Logo
Logo

कुशल मल्लले लिए एकै ओभरमा दुई विकेट



काठमाडौं । कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका दुई विकेट लिएका छन् ।

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको हो ।

नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।

त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।

लेभिट आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ८४ रन छ । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्