काठमाडौं, १० चैत ।
कोरोनाको असरले राजधानी सुनसान बन्दै गएको छ । काठमाडौंको मुख्य केन्द्र दरबारमार्ग पनि लगभग बन्दकै अवस्थामा पुगेको छ ।
एडिडास लगायत ब्रान्डेड पसलहरु मंगलबारदेखि बन्द गर्ने निर्णय गरिएको छ । केही रेस्टुरेन्टहरु भने अझै खुलिरहेका छन् ।

ठमेल पनि लगभग बन्द भइसकेको छ ।
काठमाडौंकी एक युवतीमा कोरोना संक्रमण भएको सोमबार पुष्टि भएपछि राजधानीमा त्रास बढेको छ । उनीमाथि थप व्यक्तिलाई संक्रमण भएको आशंका गरिएको छ ।
पछिल्लो दुई सातामा ठूलो संख्यामा विदेशबाट नेपाली आएको र उनीहरु क्वारेन्टाइनमा नबसेकाले संक्रमण फैलने जोखिम बढेको हो । जसकारण सरकारले अत्याबश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ ।











