काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बैठक बसेको हो ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । त्यही विषयमा छलफल गर्न एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठक सरकारमा जाने वा नजाने भन्ने निर्णय गर्ने एक नेताले बताए । उनले भने, ‘बैठक सुरु भएको छ । आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ ।’














