Logo
Logo

नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट बिदा


1k
Shares

काठमाडौं । नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदाइ भएका छन् ।

नयाँ सत्ता समीकरण बनेसँगै पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजबाट औपचारिक रूपमा बिदाइ भएका हुन् ।

गृह मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफ्नो कार्यकाल निकै सफल रहेको दाबी समेत गरेका छन् । नक्कली भुटानी शरणर्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण र सुन काण्डमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै अब बाँकी रहेका काम नयाँ गृहमन्त्रीले टुङ्ग्याउनुपर्ने उनको कथन छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठलाई फेरि पनि मन्त्रीमै कायम राख्ने भएका छन् ।

यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ नयाँ गठबन्धनबाट पराराष्ट्रमन्त्री बन्ने भएका हुन् । माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्दै छन् ।

प्रतिक्रिया दिनुहोस्