Logo
Logo

आफ्नो मृत्यु दर्ता गरेर ठगी गर्ने शिवनारायण सिंह पक्राउ


378
Shares

रूपन्देही । ठगी गर्न मान्छेहरु जेपनि गर्न तयार छन् भन्ने रुपन्देहीको एउटा घटनाले पुष्टि गरेको छ । ठगी गर्नकै लागि आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी घर भई तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका–१४ गङाबस्ती बस्दै आएका शिवनारायण सिंह पक्राउ परेका हुन् ।

तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

इन्स्पेक्टर पन्थीका अनुसार मृत्यु दर्ता गरेर आफूलाई भगवान् भन्दै ‘मेरो पुनर्जन्म भएको भन्दै सिंहले सर्वसाधारणलाई ठगेको पाइएको छ ।

सिंहको साथबाट रोहिणी गाउँपालिका–४ को कार्यालयको रबर स्ट्याम्व, वडाध्यक्षको छाप र आफ्नै सदगद गरेको पुर्जी र नागरिकता बरामद गरेको छ । प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्