
काठमाडौं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारलाई अब काँध फेर्ने छुट नभएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको र सरकारलाई असफल हुने छुट नरहेको प्रस्ट पारे ।
‘जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ,’ उनले भने, ‘हिँड्दा हिँड्दै काँध गले पनि काँध फेर्ने छुट यो सरकारलाई छैन ।’














