Logo
Logo

अनुभवी मन्त्री चाहिएकाले नयाँ टिममा पर्न सकिनँ : सुदन किराती


1.5k
Shares

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको जटिल परिस्थीतिमा प्रधानमन्त्रीले अनुभवीहरुलाई मन्त्रिपरिषद्मा सामेल गरेको बताएका छन् ।

बिहीबार संघीय संसद भवनमा पुराना मन्त्री दोहरिँदा तपाई पर्नुभएन नी भन्ने सञ्चारकर्मीको प्रश्नमा किराँतीले अहिले मुलुकमा जटिल अवस्था रहेको र जटिलतामा संकमोचनका लागि अनुभवी मन्त्री आवश्यक परेकाले आफु नयाँ टीममा पर्न नसकेको बताएका हुन् ।

उनले राजीनामा चित्त बुझाउनुपर्ने भन्दै चित्त नबुझाउनेले राजनीतिक गर्न नसक्ने जिकिर गरे । उनले आफु मन्त्रालयमा रहँदा धेरै काम गरेको र जिम्मेवारी पुरा गरेको बताए ।

उनले प्रधानमन्त्रीले सहज रुपमा सदनबाट विश्वासको मत पाउने समेत धारणा राखे । त्यस्तै उनले जुन ठाँउमा रहेपनि देशको सेवामा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्