Logo
Logo

कोरोना अपडेट : मंगलबारसम्म विश्वभरमा १६ हजार ५५८ को मृत्यु


(एएफपी)


जेनेभा, ११ चैत (एएफपी) । विश्व महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण मंगलबारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभर तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभरी तीन हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना संक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको संक्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारअनुसार सात हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणको कारण एक हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । सात हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । मंगलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७९६ संक्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै, स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । आठ हजार ५४४ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ । छ हजार १८० संक्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५३४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २५४ संक्रमित भएका छन् । यसैबीच ४०१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६०१ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिंगापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हंग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बंगलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्