Logo
Logo

आफुविरुद्ध दुष्प्रचार गरेको भिम रावलको आरोप


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूविरुद्ध पार्टीभित्रबाट दुष्प्रचार भइरहेको भन्दै आपत्ती जनाएका छन् ।

भीम रावल, स्थायी समिति सदस्य – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सल्लाहकार राखेको भन्दै दुष्प्रचार गरिएको उनको भनाई छ । पार्टीको संस्थापनपक्षसँग असन्तुष्ट नेता रावलले उक्त समूहले दिमागमा गुटबन्दी राखेर दुष्प्रचारमा रमाएको आरोप लगाए। ट्वीटरमा नेता रावल लेख्छन्,‘दिमागमा गुटबन्दी र परपीडनको भाइरस भएकाहरू भ्रम र दुष्प्रचारको खेती गरेर आत्मरतिमा रमाउँदै विनाशको धूप बाल्दैछन्।’
रावलले आफूविरुद्ध हल्ला नियोजित रुपमा चलाइएको उल्लेख गरेका छन्। ‘मेरो कोही सल्लाहकार छैन।हल्लाकारहरूको हल्ला नियोजित हो,’ उनी लेख्छन्,‘देश कोरोना भाइरसका विरूध्द जुझिरहेछ र ठप्प छ। यस्तो कुकृत्यमा नलाग्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।’ रावलको प्रधानमन्त्री केपी ओली निकट नेतासँग विवाद चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्