Logo
Logo

मन्त्री चौधरी भोलि न्यूयोर्क जाँदै



काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी अमेरिका जाने भएका छन् । ११ देखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि शनिबार न्यूयोर्क जान लागेका हुन् ।

मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली न्यूयोर्क जाने मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्