Logo
Logo

सुदूरपश्चिममा अपराध नियन्त्रणका लागि ‘पीआईटी’ टोली गठन



काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् । डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टिम’ (पीआईटी)नाम दिएर छुट्टै टोली गठन गरेका हुन् ।

यसअघि तत्कालीन डीआईजी भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेका थिए । सोही पृष्ठभूमिमा अहिले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा पीआईटी गठन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले बताए ।

प्रवक्ता महर्जनका अनुसार उक्त टोलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा विशेष काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्