Logo
Logo

माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अपरान्ह ३ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

२१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरण निर्माण गर्ने प्रयास गरिरहेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्