Logo
Logo

कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षका लागि सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए । उनले उम्मेदवार चयन भने राष्ट्रियसभा सदस्यको बैठकपछि गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्