Logo
Logo

रास्वपाकोे केन्द्रीय समिति बैठक सोमबार बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीे आगामी सोमबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागिता, इलाम– २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

एमाले–माओवादी केन्द्र–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्