Logo
Logo

नेपाल प्रहरीका तीन एआईजीको बढुवा र पदस्थापन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ चैत ।
सरकारले नेपाल प्रहरीका तीन एआईजीको बढुवा र पदस्थापन गरेको छ । तीन साताअघिको सिफारिसअनुसार तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा भएको हो ।


आइतबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उनीहरुको पदस्थापन समेत भएको छ । लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ । उनीहरुले बुधबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबाट फुली लगाउने कार्यक्रम छ ।
प्रहरीमा हाल डिआईजीका २२ पद रिक्त छन् । डिआईजी बढुवामा भने केही हप्ता लाग्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्