Logo
Logo

भारत २१ दिनलाई लकडाउन, नेपालमा पनि लकडाउन लम्बिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ चैत ।
कोरोना भाइरससँग लड्न अन्ततः भारतले समेत पुरै देश लकडाउन गर्ने निर्णय गरेको छ । २१ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरी लकडाउनबारे जानकारी दिएका हुन् । यो २१ दिनमा जनता घरमा नबसे यसको क्षती २१ वर्षसम्म पनि पुर्ती हुन नसक्ने उनले बताए । भारतले खाद्य सामाग्रीको आपूर्तीलाई सुलभ बनाउने निर्णय पनि गरेको छ ।

NEW DELHI, INDIA – MARCH 22: Indian policemen push barricades to place them in the center of a a road leading to historic India Gate, during a one-day nationwide Janata (civil) curfew imposed as a preventive measure against the COVID-19 on March 22, 2020 in New Delhi, India. Death toll due to coronavirus in India reached seven on Sunday with three more fatalities as the country observed a “janta curfew” or public lockdown on the appeal of Prime Minister Narendara Modi. Besides placing under lockdown till March 31st, 75 districts with confirmed coronavirus cases , the government also decided to shut down train, metro and inter-state services to curb the spread of the global pandemic in India. (Photo by Yawar Nazir/Getty Images)

नेपालमा पनि लकडाउन लम्बिने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले परिस्थिती हेरेर लकडाउन लम्बिने जानकारी दिए ।
१८ गतेसम्म सरकारले लकडाउनको निर्णय गरेको हो । भारतले २१ दिन गरिसकेकाले नेपालमा पनि कम्तीमा तीन लाख हुनसक्ने एक मन्त्रीको भनाई छ ।

१४ तोला सुनकाण्डमा एसपीमाथि छानबिन
काठमाडौं । बाग्लुङ प्रहरीले १४ तोला सुन चोरी प्रकरणमा एक सुन पसले र युवतीलाई पक्राउ गरी मुद्दा नचलाई छाडेको खुलेको छ । आर्थिक लेनदेनका आधारमा अभियुक्तलाई उन्मुक्ति दिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।
गत ११ फागुनमा बाग्लुङ नगरपालिका– २ श्रीनगर टोलस्थित नारायण गैरेको घरबाट १४ तोला सुन चोरी भएको थियो । गैरेकै घरमा बस्ने मनिसा कँडेलले सुन चोरी गरेको खुल्यो । सोधपुछको क्रममा चोरीको सुन उनले द्यौलागिरी चोकमा रहेको राज्य लक्ष्मी सुनचाँदी पसलमा लगेर बिक्रि गरेकी थिइन् । प्रहरीले सो पसलका सञ्चालक कविराज सुनारलाई समेत पक्राउ ग¥यो ।
उनले सुनका गहना गालिसकेका थिएँ । त्यसकारण आफूले सुन नकिनेको दाबी गरे । तर, युवतीमाथि छानबिनको क्रममा चोरीका सुनका गहना उनले नै खरिद गरेको खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ ग¥यो । पक्राउ परेपछि बाग्लुङका प्रहरी प्रमुख एसपी नवराज भट्टलाई मोटो रकम उनले बुझाएर छुटे । सुनार बाग्लुङका सबैभन्दा ठूला सुन व्यवसायी हुन् । अवैध सुनको कारोबार गरेर उनले करोडौं कमाइसकेका छन् । पक्राउ परे बेइज्जत हुने डरले उनले प्रहरीलाई करिब २० लाख बुझाएको स्रोत बताउँछ ।
यो कुरा थाहा पाएपछि पीडित गैरेले माथिल्लो निकायमा उजुरी गरेका थिए । चोरी गर्ने युवती मानसिक रोगी भएको र उनको कुरा विश्वास गर्न नसकिने भन्दै उनलाई छाडेर घटना सामसुम पार्न खोजिएको थियो । तर, माथिल्लो निकायमा उजुरी परेपछि एसपी भट्टले १४ तोला सुन गैरलाई दिन लगाइएको स्रोत बताउँछ । सुन पसलेले नै सुन फिर्ता दिएका हुन् ।
यो केस मिलाउन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराजराज भण्डारी स्थानीय बिचौलिया सचिन खड्काले भुमिका खेलेका थिए । एसपी भट्टका घुुमवा राजेश यादबले समेत डिल गरेका थिए ।
यस्तो किमिसको गम्भीर उजुरी पर्दा पनि प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा चासो दिएको छैन । एसपी भट्ट यसअघि पनि पटक पटक कारबाहीमा परेका अधिकृत हुन् । पटक पटक कारबाहीमा परेकाले नै ब्याचीहरु एआईजी हुँदा पनि उनी भने एसपीमै सिमित छन् । यो घटनामा छानबिन भए उनी फेरि कारबाहीमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्