Logo
Logo

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेको संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन् । त्यस्तै, विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्