Logo
Logo

चार राउण्ड गोलीसहित सर्लाहीबाट दुईजना पक्राउ



काठमाडौं । प्रहरीले सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले २१ वर्षीय पोसन महरा राम र वर्ष २४ को रञ्जित रामलाई बागमती नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएमको ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्