Logo
Logo

अनिता हत्या प्रकरण : श्रीमानसहित ४ जना पक्राउ



काठमाडौं । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै रहेको गोलबजार नगरपालिका– ६ मा करिब १ वर्षदेखि होटल सञ्चालन गर्दै आएकी ३२ वर्षीया अनिता कुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो ।

मृतक महिलाका पतिको गतिविधि शंकास्पद देखिएकाले घटना अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए ।

घटनापछि महेन्द्र बेहोस् भएका थिए । अस्पतालमा लगेर परीक्षण गर्दा उनमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । अनिताको शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्