Logo
Logo

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

शनिबारबाट सुरु भएको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बसिरहेको छ । लम्बिने भएपछि लन्च ब्रेकमा बाहिर निस्कने क्रममा नेता श्रष्ठमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्