Logo
Logo

‘लकडाउन’ दोस्रो दिन कडाइ, तीन सय गाडी नियन्त्रणमा


- दृष्टि न्युज/संवाददाता


लकडाउनको दोस्रो दिन काठमाडौंमा बुधबार पानी बोकेर बानेश्वर सडकमा बाटो काटदै गरेकी स्थानीय महिला । तस्वीर : रासस

काठमाडौं, १२ चैत । लकडाउनको दोस्रो दिन बुधबार कडाइ गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने तीन सयभन्दा बढी सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ फर्काइएको उनले जनाए । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।
मंगलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्