Logo
Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल हुने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेका ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्