जनकपुरधाम । सर्लाहीमा एक साइकल यात्रीलाई ठक्कर दिएका बसलाई स्थानीयले आगो लगादिएका छन् । सोमबार आज बिहान १० बजेतिर सर्लाहीबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० सलेमपुरमा स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट जुगल गम्भीर घाइते भएका छन् । त्यसपछि आक्रोशित भएका स्थानीयले बसमाथि आगजनी गरेका हुन् । बसमा आगजनी भइरहँदा सुरक्षाकर्मीको उपस्थिति थिएन । आगजनीबाट बसमा पूर्णरुपले क्षति भएको छ । बसको ठक्करबाट घाइते भएका जुगल महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।















