Logo
Logo

भागेका थुनुवा पक्राउ गर्न जाँदा प्रहरी जवानको लडेर मृत्यु


630
Shares

धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका एसएसपी प्रज्वल महर्जनका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।
थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्