Logo
Logo

गृह सचिवमा एकनारायण अर्याल


3k
Shares

गृह सचिवको जिम्मेवारी एकनारायण अर्यालले पाएका छन् । गत फागुन २१ गते नयाँ गृहमन्त्रीका रुपमा रवि लामिछाने आएपछि अर्यालले सचिवको जिम्मेवारी पाएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो । गृहका वर्तमान सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ ।

अर्याल निजामती सेवा प्रवेश पनि गृहबाटै गरेका थिए । अर्याल यसअघि सहसचिव हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । अर्यालले सचिवका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।

त्यसअघि सहसचिव हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत र कोलकातास्थित महावाणिज्यदूतका रुपमा पनि उनले काम गरेका थिए । अर्याललाई सुधारवादी प्रशासक मानिन्छ । अर्याल भावी मुख्यसचिवका लागि दाबेदारमध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्