Logo
Logo

नेपालमा थप एक जनालाई संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को अर्को संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेका छन् । प्रयोगशाला सूचना अधिकारी राजेशकुमार गुप्ताले मंगलबार गरिएको परीक्षणमा थप एकजनामा पोजिटिभ देखिएको बताएका छन् ।
बुधबार मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो । यसबारेमा विस्तृत जानकारी दिइएको छ्रैन । तर, स्वास्थ्य मन्त्रालयको वेभ साइटमा नेपाला संक्रमितको संख्या ३ उल्लेख गरिएको छ । तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट आएकी एक महिलाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्