Logo
Logo

पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।

नेपाली टोलीले अभिनाश बोहराको स्थानमा आकाश चन्द ल्याएको हो । अभिनाश बिरामी छन् । नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ ।

नेपाल प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी छन् ।

प्रतिक्रिया दिनुहोस्