Logo
Logo

टी-२० आईमा कुशलको १ हजार रन पूरा


567
Shares

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी–२० आई शृंखलामा १ हजार रन पूरा गरेका छन् । मंगलबार भएको पपुवा न्युगिनीविरुद्ध ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए ।

भुर्तेल टी–२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । जम्मा ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै उनले १००८ रन बनाएका छन् । उनी नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १४७६ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्