
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ । संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बैठक निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन् । संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् ।














