
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ७ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि अध्यक्ष नेपालले ७ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।
यसअघि फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सहमति भएको थियो ।
तर, आज पाँच दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरिएको छ । सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड, एमले अध्यक्ष ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो । तर, नयाँ सहमति पत्रमा राष्ट्रियभा उपाध्यक्ष एमालेले लिने बाक्य हटाइएको छ ।















