Logo
Logo

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने फिफा विश्वकप छनोट खेल बहराइनमा खेल्ने


378
Shares

काठमाडौं । नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ ।

‘होम एन्ड अवे’का आधारमा छनोट खेल हुने भए पनि त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला खेल खेलाउन योग्य नभएपछि दुवै खेल बहराइनमा नै हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

पूर्व निर्धारित खेलतालिकाअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । अब चैत ८ र १३ गते नै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।

यसअघि एसियाली फुटबल महासङ्घका प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्