Logo
Logo

सुन आज प्रति तोला एक हजार रुपैयाँ घट्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार तोकिएको छ । लगातार बढेको सुनको मूल्य बढेर मंगलबार प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको थियो । आज एक हजार घटेको हो ।

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य मंगलबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला२० ले घटेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्