काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीको बिबादमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ती जनाएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेस सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै निष्पक्ष छानविन हुनेमा आशंका जनाएका हुन् ।
उनले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नभए आगामी दिनमा सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताए ।














