Logo
Logo

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- एमालेको प्रस्ताव कांग्रेसले मान्यो भने तपाइँकाे यात्रा कहाँ पुग्छ ?


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक भविष्यबारे प्रश्न गरेका छन् ।

बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यात्रा कहाँ पुग्छ भनी प्रश्न गरेका हुन् ।

उनले भने, ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले । तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो । कुरा नचल्नेहरूको कुरा चल्न सूरु भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू ।’ कांग्रेसले स्थिति बदलौं भन्दा प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै बदलेको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्