Logo
Logo

दुबईबाट आएका युवकले दर्जनौंलाई रोग सारेका आशंका, नेपालमा जोखिम बढ्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ चैत ।

दुबईबाट आएका कोरोना संक्रमित युवकले दर्जनौंलाई रोग सारेको आशंका गरिएको छ । संक्रमितहरु तत्काल अस्पताल नआए यो सयौंलाई सर्ने जोखिम छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चैत ६ गते दुबईबाट नेपाल आएका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको बताएका हुन्। दुबईमा काम गर्ने उनी सारजाह विमानस्थलबाट आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसेको पनि ढकालले जानकारी दिए। होटलमै उनले साथीहरुलाई भोज दिएका थिए ।


ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना देखिएको ढकालले जानकारी दिए। ’उनीसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन अपिल गरेका छौं’, ढकालले भने, ’दुबईबाट आउँदाका उनका साथीहरुबारे पनि जानकारी लिँदैछौं। चाँडो भन्दा चाँडो सबैको विवरण लिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्छौं।’ भिडियो कोरोना संक्रमित व्यक्ति सवार जहाजमा नेपाल आएकाहरूलाई स्वास्थ्यमन्त्रीको अपील स् तुरुन्त सम्पर्कमा आउनुस् ।’
बिरामी भएर स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको ढकालले जानकारी दिए। एयर अरेबियामा स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड(१९) का तेस्रो संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए। उनी मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ। उनको अहिले टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।
उनीसँगै विमानमा आएका अन्य नेपाली तथा उनले भेटेका साथी र साथीका साथीहरुको समेत खोजी सुरु भएको छ । ती व्यक्तिहरु खोजी गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।
साथै बुधबारको बैठकले विदेशबाट आएका सबैमाथि निगरानी गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्