Logo
Logo

बहुप्रतिक्षित संघीय निजामती विधेयक संसदमा पेश हुँदै


504
Shares

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो । केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ ।

बैठकको सुरुमा नै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथी राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद सचिवालयलका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्