Logo
Logo

आईसीसीका अध्यक्ष नेपाल आउँदै, राजनीतिक भेटवार्ता गर्ने



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन् । उनी २१ मार्च अर्थात चैत्र ८ गते सोमबार नेपाल आउन लागेका हुन् । नेपाली क्रिकेटबारे बुझ्न चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ ।

उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो । पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

अध्यक्ष बार्क्लेले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आईसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्