Logo
Logo

संसदका दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


441
Shares

काठमाडौं । संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यता राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

दुवै सदनमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्