Logo
Logo

प्रशासकीय अधिकृतमाथि कुटपिटको आरोपमा उममेयर र वडाध्यक्ष पक्राउ


819
Shares

कैलाली । डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिहीबार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्ष तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस्